सुचना, समाचार र मनोरन्जन

निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ: सुमना श्रेष्ठ

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामुलक बनाउनुपर्ने धारणा राखेकी हुन् ।

निजीको सवालमा राष्ट्रियकरण गर्ने भन्ने होइन । बन्देज लगाउने भन्ने होइन । गैर नाफामूलक बनाउनुपर्छ भन्ने हो । त्यसमा लागि कति हुन्छ, १५ वा २० वर्ष हो समय दिऊ, श्रेष्ठले भनिन् ।

उद्योग मन्त्रालयले गरेको अनुगमनका विषय निज विद्यालयबाट आइरहरेको विज्ञप्तिमा उनले आपत्ति जनाउँदै नियमनको पाटोमा कडाइका साथ लाग्नुपर्नेमा उनले जोड दिइन् ।

Leave A Reply

Your email address will not be published.