सुचना, समाचार र मनोरन्जन

विशिष्ट परिस्थितिमा संयमित हुन आवश्यक छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छिन् ।

माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व कायम गर्ने भन्दै अहिलेको विशिष्ट परिस्थितिमा अझै संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी हुन् ।

सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहनुभुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्नेमा उहाले जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन सरकार सदैव प्रतिबद्ध रहेको धारणा राखिन् ।

अरुले पाएको सुविधा जस्तै थारु समूदायले पनि आफ्नो सुविधा पाउनुपर्नेमा सरकार सजक रहेको उनको भनाइ छ ।

थारु कला संस्कृति हाम्रो परिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीका साथै थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा लगाएतका नाँच प्रदर्शन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.