Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल-युएई सम्बन्धको ५० वर्ष: नेपालका ७० प्रेरक कथा समेटिएको ‘एभरेस्ट टु इमिरेट्स’ पुस्तक प्रकाशन हुँदै
- विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
- खगेन्द्र नवजीवन केन्द्रमा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित
- विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह
- ‘आ बाट आमा २’ को अन्तिम सेड्युलका लागि पल शाह, निर्देशक चन्द्र पन्त र रिश्ता गुरुङसहितको टिम हङकङमा
- बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो
- ‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि
- बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ हुँदै, आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिइने
- फिल्म ‘कंगाल करोडपति’को छायांकन गोकर्णबाट सुरु
- बाढी प्रभावित बेनीमा खानेपानी अभाव
प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: मन्त्री पोखरेल
काठमाडौँ,
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ ।
मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृहमन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो ।
मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएका उल्लेख गर्दै यसपटक तत्कालै कारबाही प्रक्रिया अघि बढाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो । घटनाको विस्तृत अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । यही साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।