काठमाडौं :
नेपाली संगीत जगत्का चर्चित गायक सज्जनराज वैद्य र स्थापित अभिनेत्री स्वस्तिमा खड्काबीच पहिलोपटक सांगीतिक सहकार्य भएको छ। गायक वैद्यको आगामी नयाँ गीत ‘जुनी’ मा अभिनेत्री खड्काले अभिनय गरेकी छन्, जुन गीत आउँदो बुधबार सार्वजनिक हुने तयारीमा छ।
गायक वैद्यले सामाजिक सञ्जालमार्फत गीतको छोटो झलक सार्वजनिक गर्दै स्वस्तिमासँगको सहकार्यलाई औपचारिक रूपमा बाहिर ल्याएका हुन्। टिजर सेयर गर्दै उनले लेखेका छन्, ‘आशाले तिम्रो नाम लेखोस्, यस्तो निश्चिततासहित कि समय र दूरी पार गरेर फेरि तिमीलाई नै भेट्न सकियोस्।’ सार्वजनिक टिजरमा यी दुई कलाकारबीचको भावनात्मक सम्बन्धलाई कलात्मक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
पहिलो सहकार्यले प्रशंसक उत्साहित
आफ्ना सिर्जनाहरूमा फरक(फरक मोडल तथा कलाकारहरूलाई प्रस्तुत गर्दै आएका सज्जनले अभिनेत्री स्वस्तिमासँग काम गरेको यो पहिलोपटक हो। हालसम्म यी दुईबीच कुनै पनि औपचारिक सांगीतिक सहकार्य नभएकाले पनि ुजुनीु लाई लिएर संगीत र फिल्म वृत्तमा विशेष चासो बढेको छ।
युवापुस्तामाझ निकै रुचाइएका गायक र नेपाली चलचित्र क्षेत्रकी स्थापित अभिनेत्रीको यो नयाँ ट्युनिङलाई लिएर सामाजिक सञ्जालमा प्रशंसकहरूले निकै उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।