सुचना, समाचार र मनोरन्जन

‘ऐँचो पैँचो’हेर्न नेताहरुलाई स्वतिमाको सुझाव

काठमाडौं :

फिल्म रिलिजको समय नजिकिदै गर्दा ‘ऐँचो पैँचो’टिम प्रचारप्रसारमा दौडधुप लागि परेको छ। यही भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर निर्देशक कृषा चौलागाई,अभिनेत्री स्वस्तिमा खड्का,मुकुन भुसाल,वर्षा राउतलाई चटारो परेको छ।

Chaka Panja

राजनीतिज्ञ सेरोफेरोमा निर्मित फिल्मलाई लिएर अभिनेत्रीहरुले आ–आफ्नै तर्क दिदै आएका छन्। यस फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई पुरानै शाख जोगाउन यो फिल्म चल्नैपर्ने बाध्यता आइपरेको छ। गीतले मात्रै चलेकी भन्ने आरोप लागेपछि उनले अभिनयले पनि दर्शकमाझको मुखमा बुझो लगाउनुपर्ने बाध्यता छ।

उनले कहि दिन अघि ट्रेलर कार्यक्रममा राजनितिज्ञले समेत यो फिल्म हेर्नुपर्ने सुभाव दिएकी थिइन्।‘कतिपय सन्दर्भमा राजनीतिज्ञले समाजमा नदेखेका कुरा हामीले क्यामेरामार्फत् देखाइरहेको हुन सक्छौँ । त्यसैले ‘ऐंचो पैंचो’ हेर्न म उहाँहरुलाई आग्रह गर्छु,’उनले भनिन्। यस फिल्मका निर्माता विशाल चौलागाईं हुन्। उनी निर्देशक कृषा चौलागाईंका भाई रहेका छन्।

Leave A Reply

Your email address will not be published.