Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- माग्नेबुढा अमेरिका ग्रिन कार्डको पर्खाइमा अमेरिका बसेका हैन र?
- एआईको सहयोगमा निर्माण गरियो गीतको भिडियो ‘मेरो नेपाल’
- स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
- २५ वर्षअघिको क्रेज फर्काउला आधुनिक फिल्म ‘गौँथली’ले,‘आँखा भरी आँसु’मा जन्मघर छोड्दाको पीडा
- रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
- काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
- दाउरा थकालीको देशव्यापी विस्तार : स्वादसँगै नेपाली संस्कृति प्रवर्द्धन
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
तनहुँका विपन्नले आवास पाए
तनहुँ,
जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको आवास संयुक्त रूपमा प्रदान गरिएको हो ।
दश वर्षसम्म बेच्न, भाडामा लगाउन र धितो राख्न नपाउने प्रावधानसहित घर हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “विपन्न नागरिक घरविहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसका आधारमा घर निर्माण गरी संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरिसकिएको छ”, उनले भने ।
आर्थिक वर्ष २०८०÷८१ मा २५ घरका लागि रु आठ लाख र आव २०८१÷८२ मा २३ घरलाई रु १० लाख लागतमा बोलपत्रमार्फत प्रक्रिया गरी आवास निर्माण गरिएको हो ।
सङ्कको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार आवास सुविधा लिनका लागि परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएका, दोहोरो सुविधा तथा अनुदान नलिएकालगायत प्रमाण पेस गर्नुपर्ने प्रावधान छ ।
अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत, अल्पसङ्ख्यक तथा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । “हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धता जनाएबमोजिम अहिलेसम्म ४६ वटा सम्पन्न गरी हस्तान्तरण गरेका छौँ”, उनले भने।
गाउँपालिकाका इञ्जिनियर शिव ज्ञवालीले ४८ जना विपन्न परिवारका लागि दुई कोठे पक्की भवन निर्माण गरिएको बताउनुभयो । पालिकाले घरविहीन नागरिकलाई लक्षित गरी नमूना आवास कार्यक्रम सञ्चालन गरी भवन निर्माणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।
Next Post