काठमाडौं :
जेपिजे इन्टरटेनमेन्ट अमेरिकाले पछिल्लो समय सांगीतिक गतिविधिमा आफ्नो सक्रियता बढाएको छ। यसै सिलसिलामा जेपिजे इन्टरटेनमेन्टको संयोजनमा ‘मायामा टेन्सन भो’ बोलको रोमान्टिक गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ।
गीतमा दीपेन्द्र खड्काको शब्द, विकास चौधरीको संगीत तथा प्रतिभाशाली गायिका तपस्या राईको स्वर रहेको छ। मदन केसीको एरेन्ज रहेको उक्त गीतको भिडियो निर्माण वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता किशोर सुब्बाले गर्ने भएका छन्।