सुचना, समाचार र मनोरन्जन

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न

पोखरा,

पोखरामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा शुक्रबार पहिलो पटक तेक्वान्दो स्कुल ‘अव्सुल्युट डोजाङ’ले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथम एसुलुट तेक्वान्दो डोजाङ, दितिय सहिद स्मृति एस्को र तृतिय पोखरा तेक्वान्दो डोजाङ भएका छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ३० हजार, दितिय हुने समुहले नगद रु २० हजार र तृतिय हुने समुहले नगद रु १० हजार प्राप्त गरेका छन । प्रतियोगिताको मुख्य प्रायोजन पुर्व राज सभाका सदस्य सम्माननीय अमर बहादुर गुरुङले गरेका थिए ।

कार्यक्रममा आयोजक अव्सुल्युट डोजाङले कास्की जिल्ला खेलकुद विकास समितिमा मनोनयन भएका मिलन गुरूङलाई सम्मान गरेको छ भने प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने पूर्व राजसभा सदस्य ९९ वर्षिय अमर बहादुर गुरूङलाई समेत सम्मान गरेको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका ७ सय ७४ खेलाडीहरुको सहभागिता जनाएको अव्सुल्यृट डोजाङकी प्रशिक्षक रेखमाया गुरूङले जानकारी दिइन् । प्रतियोगितामा पुरुषतर्फ ४२२ र महिलातर्फ ३५२ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर सिनियर १५ केजी तौल देखि ४१ केजी तौल सम्म गरी महिला र पुरुषतर्फ गरी विभिन्न ४० वटा इमेन्टमा फाइटतर्फ प्रतिस्पर्धा भएको सिनियर तेक्वान्दो प्रशिक्षक बलराम लामाले बताए ।

Leave A Reply

Your email address will not be published.