सुचना, समाचार र मनोरन्जन

दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

काठमाडौँ,

दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १४, १७ र १८ असोजमा खुला रहने छ ।

गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित असोज १३, १६ र १७ गते खुला रहने छन् ।

चरिकोटस्थित काउन्टर १३ र १४ असोजका दिन खुला रहने टेलिकमले जनाएको छ । मर्मत सम्भार र जडान सम्बन्धी काम भने दशैं र तिहार बिदाको समयमा समेत नियमित चल्ने टेलिकमले जानकारी दिएको छ ।

खुला रहेको काउन्टरबाट टेलिफोन, मोबाइल तथा इन्टरनेट भुक्तानी, सिम वितरण तथा परिवर्तनका काम हुनेछन् ।

Leave A Reply

Your email address will not be published.