सुचना, समाचार र मनोरन्जन

अभिनेत्रीसँगै निर्मात्री बनेकी बेनिशाको ‘द ब्ल्यू लाइट’को ट्रेलरमा देखियो डर लाग्दा दृश्य

काठमाडौं :

चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ।

एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ। सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ। प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ। चलचित्रको कथा भने प्रष्टसँग अझै खुलाइएको छैन। सस्पेन्स क्रिएट गर्न ट्रेलर सफल छ। साइकोलोजिकल थ्रिल ट्रेलरमा देखिन्छ। भिजुअल र कलरले चलचित्रको टोन समात्ने प्रयास गरेको छ।

ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी,सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो। स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्। नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन्। रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन्।

Leave A Reply

Your email address will not be published.