सुचना, समाचार र मनोरन्जन
IVF New Banner

तिहारमा बज्ने हिट गीत : ‘तिहारै आयो, लौ झिलिमिली’देखि ‘हाँसेर बोल बहिनी, तिहारको बेलैमा’(भिडियो सहित)

काठमाडौं :

नेपालीहरूको घरआँगनमा दोस्रो ठूलो चाड तिहार भित्रिसकेको छ। तिहारका गीतहरु पनि रेडियो तथा घर आँगनमा घन्किन थालिसकेका छन्। तिहारमा थुप्रै यससम्बन्धी गीतसंगीत सार्वजनिक भएता पनि गाउँ सहरमा पुरानै गीतले डेरा जमाएका छन्। अर्थात पुराना गीतहरुले नै तिहार आएको आभास गराइरहेका छन्।

Safal

तिहारको नाचगानमा सबैभन्दा धेरै बज्ने गरेको देउसी–भैलोसम्बन्धी गीत हो,‘तिहारै आयो, लौ झिलिमिली,सुन हजुर भैलिनी आइन् आँगन…’। अघिल्ला वर्ष झैँ यस सालपनि यो गीत सबैतिर घन्किन थालिसकेको छ। नेपाली जनमानसमा जब यो गीत रेडियो,टेलिभिजनबाट बज्न सुरु हुन्छ तव तिहार लागेको अनुुभूति दिलाउछ।

दुई दशक अघि रिलिज भएको फिल्म ‘स्वर्ग’मा समावेश भएको गीत हो। यो गीतलाई यादव खरेलले लेखेका हुन्। शम्भु प्रधानको निर्देशनमा बनेको यस फिल्ममा नीर शाह, गौरी मल्ललगायतका कलाकारको अभिनय देख्न सकिन्छ।  यो गीतलाई  लोचन भट्टराई र नूतन प्रधानले स्वर दिएका छन्।अहिलेसम्म कुनै पनि नयाँ गीतले उछिन्न सकेको छैन। अर्थात पुरानाकै फिल्मका गीतहरुको दबदबा छ।
भिडियो लिंक

                                                                                      ०००
तिहारको सदावहार बज्ने अर्को गीत हो ‘दियो बाली साँझको,फूल सजाई पूजाको…।’ यो गीत रेडियो टेलिभिजन र नाचगानमा बजेन भने तिहार आएको अनुभुत नै हुँदैन। किनभने दसैं तिहारको समयमा घर गाउँमा सबै भन्दा धेरै नाचिने गीत हो यो।

वि.स.२०४८ सालमा तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘चिनो’मा समावेश गरिएको यो गीतलाई भारतीय गायिका आशा भोसलेको स्वर सुन्न सकिन्छ।  कुसुम गजमेर शब्द रचना रहेको गीतमा संगीत रञ्जित गजमेरको छ। यो गीत यतिबेला हरेक गाउँ शहरमा घन्किन थालिसकेको छ।

भिडियो लिंक

                                                                                    ०००
एक दशक अघि रिलिज भएको फिल्म ‘कोहिनुर’मा समावेश गीत ‘ए हजुर यसपालीको,तिहारै रमाइलो ’पनि उतिकै चर्चामा छन्। गायक प्रमोद खरेल र अञ्जु पन्तले गाएको यो गीत तिहारका बेलामा खुव बज्ने गरेको छ। गीतलाई सुन्दर श्रेष्ठले शब्द रचना गरेका छन् भने संगीत शम्भुजीत बाँस्कोटाको छ। यो फिल्ममा त्यो समयमा चलेका अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्का नाचेका छन्। श्रीकृष्णले नै निर्माण गरेको यो फिल्मले राम्रै कमाई गरेको थियो। अर्थात हिट फिल्म हो।
भिडियो लिंक

IVF Post

                                                                                ०००
नेपालीहरुको मनमनमा गुन्जिरहने अर्को गीत हो ‘निधारमा लर्काएर सप्तरंगी टीका,हिँडिरहू सधैं तिमी शिखरको बाटो…।’ यो गीत पनि नसुन्ने सायदै कमै होलान्। रेडियो टेलिभिजनमा सदावहार बज्जे गीतमध्ये एक हो। यो गीतको कुरा गर्ने हो भने फिल्म ‘विजयपराजय’मा समावेश गरिएको गीत हो। दाजुभाई र दिदीबैनीबीचको प्रेमभाव प्रकट गरिएको यो गीतले परदेशीलाई हरेक सालको तिहारमा रुवाउने गरेको छ।

फिल्म रिलिजभएसँगै चर्चामा आएको यो गीत अहिले पनि उत्तिकै मात्रामा तिहारका बेला बज्ने गरेको छ। कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको गीतमा संगीत शम्भुजित बाँस्कोटाको छ । गीतमा स्वर हेमलताको सुन्न सकिन्छ। फिल्मलाई राजेन्द्र सलभले निर्देशन गरेका हुन्। यो फिल्म हलमा त्यति नचले पनि गीत भने हिट भएको थियो।
भिडियो लिंक

                                                                                       ०००
हरेक तिहारको समयमा युवापुस्तामाझ लोकप्रिय बनेको गीत हो ‘वर्षमा दिनैमा लै लै…।’ दसैं तिहारको बेला सर्वाधिक बज्ने गीतहरुको लिष्टमा यो गीत पनि पर्ने गरेको छ। केहि वर्ष अघि गायक सुगम पोखरेलले स्रोतामाझ ल्याएको गीत हो। गायक पोखरेल आफैले संगीत भरेको यो गीतलाई रवि श्रेष्ठले लेखेका हुन् ।
भिडियो लिंक

                                                                                  ०००

तुलसी घिमिरेद्धारा निर्देशित फिल्म ‘लहना’ मा समावेश ‘नौरथाको दियो बालि’ पनि सदावहार गीत हो। हरेक साल दसैँ र तिहारको समाय सर्वाधिक बज्जे गीतहरुमा यो पनि पर्दछ । निर्देशक घिमिरेकै शब्द रहेको गीतमा थुप्देन भुटिया र दीपा झाको स्वर सुन्न सकिन्छ। गीतको संगीत त्यो समयमा चलेका संगीतकारहरुमध्येका एक सचिन सिंहको छ। यस फिल्ममा गीतमा उत्तम प्रधान, निरुता सिंह र दिलिप रायमाझीले नाचेका छन्।
भिडियो लिंक

                                                                                      ०००

तिहारको समयमा अत्यधिक बज्ने अर्को गीत हो ‘हाँसेर बोल बहिनी, तिहारको बेलैमा ।’ यो गीत पनि नेपाली स्रोतामाझ लोकप्रिय बनेको गीत हो। फिल्म ‘माइती’मा समावेश रहेको यो गीतको संगीत लक्ष्मणको छ भने स्वर उदित नारायण झा, दीपा झा र आनन्द कार्की लगायतको सुन्न सकिन्छ। फिल्ममा स्व.श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले अभिनय देख्न सकिन्छ।
भिडियो लिंक

Leave A Reply

Your email address will not be published.