सुचना, समाचार र मनोरन्जन

लक्ष्मण पोखरेलको ‘तिजैले जुरायो…’

काठमाडौं :

अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तयार पारिएको तीज गीत तिजैले जुरायोमा बाल गायिका आश्र्रीया सुबेदीको स्वर रहेको छ । गीतकार अनिल सुवेदीको शब्द रचना रहेको गीतको भिडियो ओएसआरबाट सार्वजनिक भएको हो।

Pach Pandav

अशोक थापाको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ प्रकाश मिश्रको मिक्सिङ मास्टिरिङ रहेको छ। मोडल स्मारिका ढकालको अभिनय रहेको गीतमा राहुल बराईलीको नृत्य उत्सब दाहालको छांयाकन, मिन रावलको सम्पादन रहेको छ। नेपाली महिलाहरुको महान चाड तिजको अवसरलाई लक्षित गरि ल्याईएको तिजैले जुरायो गीतबाट गीतकार अनिल सुबेदी निकै नै आशावासी रहेको बताउनु हुन्छ।

दर्शक श्रोताहरुले गीतलाई मन पराईदिनेमा बाल गायिका आश्र्र्रीया सुवेदी पनि आशावादी रहेकी छन्। गीत दर्शक श्रोताहरुले रुचाउने शैलीमा तयार परिएको संगीतकार लक्ष्मण पोखरेल बताउछन । गीत र संगीतको मर्मअनुरुप भिडियो तयार पारिएको निर्देशक कृष्णदेव रुपाखेतीले बताए।

Leave A Reply

Your email address will not be published.