सुचना, समाचार र मनोरन्जन

तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई आज बदर गरेको हो । विसं २०७९ मा भएकाे प्रतिनिधिसभा चुनावमा ललितपुर क्षेत्र नम्बर–३ बाट उम्मेदवार हुँदा कार्कीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो ।

कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य भई लाभ लिइरहेको र त्यो पदबाट राजीनामा नदिई उम्मेदवार भएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो । त्यो रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासबाट यसअघि अन्तरिम आदेश जारी भएको थियो ।

Leave A Reply

Your email address will not be published.