सुचना, समाचार र मनोरन्जन

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना थप गर्ने

काठमाडौँ/

त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना थप गर्ने भएको छ। शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरेपनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन्।

Chaka Panja

सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो। शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने जनाएको छ। शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा डीन कार्यालयले भर्ना प्रकृया रोकेका थिए।

विद्यार्थी भर्ना हुन नपाउदै भर्ना प्रकृया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए। त्यसपछि शिक्षाध्यक्ष प्राडा खड्क केसीले सबै डीनहरूसँग आज छलफल गरेका थिए। छलफलका क्रममा डीनहरूले भर्ना म्याद पुनः खोल्न सुझाव दिएका थिए। ‘हामीहरूले सुझावको क्रममा थप गर्नु राम्रो भनेका छौ। त्यहि आधारमा शिक्षाध्यक्षको कार्यालयले भोलीसम्ममा केही सुचना जारी गर्ला,’ एक डीनले भने।

Leave A Reply

Your email address will not be published.