काठमाडौं/
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ।
आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयाे ।
हिजाे भएकाे १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलाे पटक टी–२० विश्वकपमा छनाेट भएकाे थियाे । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।