सुचना, समाचार र मनोरन्जन

चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमा सार्वजनिक (चलचित्र सहित)

काठमाडौं :

सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक गरिएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो।

नेपाल र भारतका हलमा लामो समयसम्म सफल प्रदर्शनपछि सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यले डिजिटल रिलिज गरिएको निर्देशक नवीन चौहानले जानकारी दिए।

‘ऊनको स्वीटर’ले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो। नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन प्रदर्शन भएको चलचित्र भारतका ४० वटा हलमा पनि रिलिज भई त्यहाँसमेत ५१ दिन प्रदर्शन भएको थियो।

भारतमा चलचित्र सिक्किमको गान्तोकसहित दार्जिलिङ, कालिम्पोङ, आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म प्रदर्शन गरिएको थियो। फरक भाषा र परिवेश हुँदाहुँदै पनि चलचित्रले प्रस्तुत गर्ने भावनात्मक कथाले भारतीय दर्शकको राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ।

हलसम्म पुग्न नसकेका देश–विदेशका दर्शकबाट निरन्तर रि–रिलिजको माग आएपछि युट्युबमार्फत सार्वजनिक गरिएको आर्टमाण्डुले जनाएको छ। विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको चलचित्रले माटो, सम्झना र सम्बन्धको भावनात्मक कथा प्रस्तुत गरेको छ।

Leave A Reply

Your email address will not be published.