काठमाडौं :
प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड भन्दा बढि रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माण पक्षले जानकारी दिए अनुसार पहिलो सातामा ५ करोड ७५ लाख ग्रस कलेक्सन गरेको हो।
निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रालीले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो। नवीन चौहानको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्म आजैबाट दोस्रो हप्ता प्रवेश गरेको छ। दोस्रो हप्तामा पनि उल्लेख्य मात्रामा शो पाइरहेको छ। यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल लगायतको अभिनय रहेको छ।
यस फिल्ममा समावेश गीत ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटकमा चर्चामा बटुलिरहेको छ भने यसअघि रिलिज भएको गीत ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ले पनि दर्शक स्रोताको मन जितिसकेको छ।
निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु,एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन्।