सुचना, समाचार र मनोरन्जन

म्युजिक भिडियोमा अभिनय गर्दै आएकी उषा उप्रेतीले निखिलको फिल्मबाट डेब्यु गर्दै,गरे एकअर्काले सम्झौता

काठमाडौं :

एक्सन स्टार अभिनेता निखिल उप्रेतीले निर्माण गर्न लागेको फिल्म ‘आचार्य’उषा उप्रेतीले अभिनय गर्ने भएकी छन्। शुत्रबार फिल्मका निर्देशक तथा अभिनेता निखिल र उषाबीच फिल्ममा खेल्ने सम्झौता भएको हो।

म्यूजिक भिडियोबाट उदाएकी मोडल उषाले यहीँ फिल्मबाट अभिनेत्रीमा डेब्यु गर्न लागेकी हसन्। उषाले शुक्रबार निखिलसँगको एउटा तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्राको सुरुवात भनेर उल्लेख समेत गरेकी छन्। यो फिल्ममा उनको भुमिका के हो कस्तो हो भन्ने बारेमा खुलाइएको छैन। आगामी जेठबाट फ्लोरबाट जान भनिएको यो फिल्ममा निखिल स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनकी श्रीमती तथा अभिनेत्री सञ्चिता लुईँटेलको पनि अभिनय रहने जनाइएको छ ।

यसपटक फिल्ममा फरक शैलीको एक्सन पस्किने तयारीमा निखिल छन्। किनभने केहि दिनअघि उनले प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य सामाजिक सञ्जालमा राखेका थिए। त्यस कारण उनको यो फिल्ममा साउथ फिल्मको जस्तो स्टन्ट देखिने छ।

Leave A Reply

Your email address will not be published.