काठमाडौं :
तीजको अवसर पारेर ब्राण्ड यू पिक्चर्सको प्रस्तुतिमा निर्माण गरिएको नयाँ तीज गीत ‘सुन परानी’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा गायिका टिका पुन र गायक योगेन्द्र ल्वागुनको स्वर रहेको छ भने संगीत यज्ञ बिकले दिएका छन्।
उक्त गीतको भिडियोमा कलाकार उत्तम केसी नेपाल र विनिता भण्डारीले अभिनय गरेका छन्। ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामको एरेञ्ज, विनोद परियारको मिक्सिङ तथा रोजिट महर्जनको रेकर्डिङ रहेको छ।
भिडियोको छायांकन र सम्पादन ज्ञानकुमार कटेलले गरेका हुन्। भिडियोको व्यवस्थापन तथा निर्माण किरण केसी, दुर्गा केसी, दुर्गा भण्डारी र योगेन्द्र ल्वागुनले गरेका छन्। ‘सुन परानी’ गीत चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।