सुचना, समाचार र मनोरन्जन

कार्यभार सम्हालेसंगै मुख्यमन्त्री विजयले गरे पहिलो निर्णय

काठमाडौं,

तमिल नाडुका नयाँ मुख्यमन्त्री विजयले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै विजयले जनपक्षीय निर्णयहरू गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री विजयले दुई महत्त्वपूर्ण सरकारी दस्तावेजमा हस्ताक्षर गरेका छन् । उनको पहिलो निर्णय अनुसार अब तमिल नाडुका जनताले २०० युनिटसम्म निस्शुल्क विद्युत सेवा प्राप्त गर्नेछन्। यसका साथै, राज्यमा बढ्दो लागूऔषधको समस्या नियन्त्रण गर्न र महिला सुरक्षा सुनिश्चित गर्नका लागि एउटा विशेष ‘टास्क फोर्स’ गठन गर्ने आदेश समेत उनले जारी गरेका छन् ।

जवाहरलाल नेहरु स्टेडियममा आयोजित शपथ ग्रहण समारोहपछि उपस्थित जनमानसलाई सम्बोधन गर्दै विजयले भने, “म जनतालाई झूटो आश्वासन दिएर धोका दिने छैन। यो एउटा नयाँ सुरुवात हो र आजबाट वास्तविक धर्मनिरपेक्ष सामाजिक न्यायको युग सुरु भएको छ।” उनले आफू कुनै शाही खानदानबाट नआएको भए तापनि जनताले दिएको न्यानो स्वागत र विश्वासप्रति कृतज्ञता व्यक्त गरे ।

सम्बोधनका क्रममा विजयले अघिल्लो डीमके सरकारको कडा आलोचना समेत गरे । उनले अघिल्लो सरकारले राज्यलाई १० लाख करोड रूपैयाँको ऋणमा डुबाएको आरोप लगाए । सरकारी वित्त व्यवस्थापनमा पारदर्शिता ल्याउनका लागि छिट्टै नै राज्यको आर्थिक अवस्थाबारे ‘श्वेतपत्र’ जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सन् २०२६ को विधानसभा निर्वाचन तमिल नाडुको इतिहासमा एउटा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। दशकौंदेखि सत्तामा रहेका दुई प्रमुख द्रविड दलहरूलाई विस्थापित गर्दै विजयको पार्टी टिभिकेले २३४ मध्ये १०८ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ। स्पष्ट बहुमतका लागि केही सिट कम भए पनि कंग्रेस ९५०, सीपीएम ९२०, सीपीआई ९२०, भीसीके ९२० र आईयूएमएल ९२० को समर्थनमा विजयले सरकार बनाउन सफल भएका हुन् ।

विजयसँगै एन। आनन्द, आधभ अर्जुना र के।ए। सेङ्गोतैयान लगायत नौ जना मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन्।

Leave A Reply

Your email address will not be published.