सुचना, समाचार र मनोरन्जन

ट्वीटर (एक्सं) आधिकारिक रुपमै सरकारको सम्पर्कमा आयो

काठमाडौँ,

फेसबुकपछि ट्वीटर (एक्सं) समेत सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो ।

ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

इमेल पाएसँगै यसबारे जानकारी गराइएको उनले जानकारी दिए । पठाएका विवरणसहित विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.