सुचना, समाचार र मनोरन्जन

देश अहिले ट्रयाकमा छ, समावेशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताएका छन्।

 

मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले २००७, २०४६, ०६२–०६३ को बलिदानलाई स्मरण गरेर लोकतान्त्रिक गणतन्त्र र समावेशी संघीयतालाई बचाएर लैजानुपर्ने बताए।

 

उनले गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास भएको र ती मानिस मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग रहेको उल्लेख गरे।

 

उनले सडक पिच भएको, बिजुली देशको ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको र सञ्चार क्षेत्र पनि अघि बढिसकेको बताए। उनले अहिलेको कमजोरी शिक्षा र स्वास्थ्यमा रहेको भन्दै सामुदायिक विद्यालय र सामुदायिक अस्पतालको स्तरोन्नति गर्न जरुरी रहेको बताए।

 

पूर्वराष्ट्रपति यादवले कृषि बचाउन चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताए। उनले चुरे र तराईको जंगल मास्न दिन नहुने बताए।

Leave A Reply

Your email address will not be published.