सुचना, समाचार र मनोरन्जन

सृष्टि श्रेष्ठ अभिनित ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को गीत ‘रोक्ने छैन्’ सार्वजनिक

काठमाडौं   :

केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक फिल्ममा समावेश पहिलो गीत ‘रोक्ने छैन्’सार्वजनिक भएको हो।

गीतमामा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ। सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्। गीतको अडियो तथा भिडियोले दर्शकको मन जित्ने देखिन्छ । केही दिन अघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले आज सार्वजनिक गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।

फिल्मका मुख्य कलाकारहरु एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन्। अलल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.