सुचना, समाचार र मनोरन्जन

ओड्ने ओडेरपछि फर्किएकी सुरक्षाको ‘कोशेढुङ्गा’मा यस्तो लुक्स,देखिन्छिन नवविवाहित

काठमाडौं :

निर्देशिक सरोज पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘कोशेढुङ्गा’को फस्र्ट लुक्स सार्वजनिक भएको छ। निर्माण पक्षले बिहिबार फस्र्टलुक्स सार्वजनिक गर्दै भदौ १२ गते रिलिज मिति तोके को छ।

सार्वजनिक भएको पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन्। सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ। उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ।उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन्। केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ। आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ। तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन।
घर, पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ । केही समय छोडिएको घर पुनः फर्किएर बस्नेगरी गएको हो कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन । फिल्मको पोस्टर रिलिजपछि निर्देशक पौडेलले पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको बताए। उनले मिडियासँगको कुराकानीमा अहिले धेरै नबोल्ने पछि बिस्तारै जानकारी दिने बताए।

उनी भन्छन्,‘यसलाई अहिले यतिमै सीमित गरौँ। अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ।’

महिलाप्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्तलाई राखिएको निर्माण पक्षको भनाई छ। यस फिल्ममा सुरक्षाका अलवा आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल,विशाल पहाडी, लोकमणी सापकोटा,हिउँवाला गौतम,दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा,सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ। यता सुरक्षा पन्त अभिनित फिल्म ‘खेल’ भने यही १२ गते अर्थात भोलीबाट प्रदर्शनमा आउन लागेको छ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन्।बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ। सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

निर्देशक पौडेलको यसअघि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको थियो। यो फिल्मले अहिले सम्मकै सर्वाधिक कमाई गर्ने फिल्म बन्यो। जसको कमाई नेपालमा मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रसकलेक्सन गरेको थियो।

Leave A Reply

Your email address will not be published.