काठमाडौँ/
नेकपा एमालेका समानुपातिक सांसद रघुजी पन्तले नवनिर्वाचित शिक्षामन्त्रीको रुपमा सपथग्रहण गरेका छन । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।