सुचना, समाचार र मनोरन्जन

ज्ञानेन्द्र मल्लले लिए सन्यास

सन्यास घोषणा गर्दै उनले भने, ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ। आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ। समग्रमा निकै सन्तुष्ट छु।’

काठमाडौं /

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज एक पत्रकार सम्मेलन आयोजनामा उनले सन्यास घोषणा गरेका हुन्।

सन्यास घोषणा गर्दै उनले भने, ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ। आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ। समग्रमा निकै सन्तुष्ट छु।’

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए। यू-१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू-१७, यू-१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यू गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन्।

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी-२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.