काठमाडौं :
विपिन कार्कीको गेटअफले चर्चामा पाइरहेको फिल्म ‘एक भगवत् गीता’को ट्रेलरलाई दर्शकले कमै रुचाएका छन्। जति बाहिर हल्ला र चर्चा भयो ट्रेलरमा त्यो हाइप देखिएन।
गत शुक्रबार रिलिज भएको ट्रेलरमा अपेक्षा गरिएको भ्युज आएको छैन। युटुबमा रिलिज भएको ३ तीनमा पाँच लाख ३२ हजार पटक हेरिएको छ भने १२ सय भन्दा बढिले कमेन्ट गरेका छन्। कमेन्टकर्ताहरुले फिल्मको ट्रेलर राम्रो रहेको प्रतिक्रिया दिएका छन्। फरक विषयवस्तु रहेको भन्दै उत्कृष्ट प्रतिक्रिया आइरहेको छ।
फिल्ममा सुहाना थापालाई भन्दा बढि विपिन कार्कीलाई मन पराएका छन्। उनको लागि एक हजार बढि कमेन्टकर्ताले अभिनेता कार्कीको पारालैंगिक चरित्र ‘कमलामाई’ले मन जितेको उल्लेख गरेका छन् ।झरना थापा निर्देशित फिल्मको ट्रेलर अहिले युट्युव ट्रेन्डिङको २५ औँ स्थानमा पुगेको छ। बिहानसम्म १८ स्थानमा रहेको थियो। लाइककै हिसाब गर्ने हो भने अहिलेसम्म २६ हजार क्रस छ ।
फिल्ममा विपिन र सुहानाका अलवा धिरज मगर र कविर खड्काको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन्। जनकपुरको सेटिङमा खिचिएको अन्तरजातीय प्रेमकथामा आधारित फिल्मलाई सुनिल कुमार थापाको निर्माण गरेका हुन् भने कन्सेप्ट अभिनेत्री सुहाना थापाको छ। फिल्म कथालाई निर्देशक झरना थापाले नै लेखेकी हुन्।
यस फिल्मको पटकथामा जम्बो टिम रहेको छ। जसमा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको छ। फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्। यस अघि सुनिल र झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो हो ।