सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या बढ्यो

सोलुखुम्बु/

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भदौ महिनामा यो क्षेत्र भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो ।

IVF Big

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार साउनमा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले सगरमाथा क्षेत्र भ्रमणका लागि भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।

भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेका छन् । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँप्रति व्यक्ति राजश्वस्वरुप शुल्क अशुल्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.