सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान

काठमाडौँ/

प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् । सोमबारदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आइतबार नै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.