सुचना, समाचार र मनोरन्जन

फिल्म पाउन छाडेपछि सलिमानले थाले रेस्टुरेन्ट व्यवसाय

काठमाडौँ :

नेपाली फिल्म पछिल्लो समय धरासायी बन्दै गइरहेको अवस्थामा कलाकारहरु दोस्रो व्यवसायमा लाग्न थालेका छन्। उनीहरु फिल्मको अवस्था नाजुक हुन थालेपछि कलाकारहरु धमाधम रेस्टुरेन्ट व्यवसायतर्फ मोडिन थालेका एक महिना अघि ललितपुरमा अभिनेत्री पुजा शर्माले ‘ट्याग’रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी थिइन्। उनी लगत्तै अभिनेता सलिनमान बनियाँले पनि रेस्टुरेन्ट व्यवसाय थालेका छन् ।

Pach Pandav

सलिनमानले साथीहरुसँग मिलेर काठमाडौँको पर्यटकीय क्षेत्र वसन्तपुरमा कोरियन रेस्टुरेन्ट ‘कोरियन किनी’ खोलेका हुन्। हालै उनले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको जानकारी दिए । केहि महिना अघिको भेटमा उनले परिचयसँगको कुराकानीमा आफुले फिल्म बाहेक व्यवसायमा लाग्ने बताएका थिए।

उनका अनुसार ‘चिया अड्डा’ रहेको भवनको माथिल्लो तल्लामा सलिनको रेस्टुरेन्ट सञ्चालनमा रहेको छ। मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्टमा कोरियन खानाका परिकारहरु पाइनेछ ।

सलिनले फिल्म ‘ए मेरो हजुर २’बाट अभिनय यात्रा थालेका थिए। पहिलो फिल्मबाट नै चर्चामा आएका सलिनमानले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ अभिनय गरे ।पहिलो फिल्म सफल बनेका थियो भने दोस्रो सोचे अनुसारको व्यापारमा भएन । त्यस कारण उनी अर्को फिल्ममा हात हाल्न भने सकेनन्।

Leave A Reply

Your email address will not be published.