सुचना, समाचार र मनोरन्जन

नागढुंगा सुरुङमार्ग प्रभावितलाई मासिक घर भाडा दिन सिफारिस

काठमाडौँ/

नागढुंगा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडा दिन सिफारिस गरिएको छ । चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिले पीडितलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

Pach Pandav

बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु २० हजारदेखि रु २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख घनश्याम गिरीका अनुसार तत्काल ११ घर परिवारलाई तत्काल स्थानान्तरण गरिने छ । सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.