सुचना, समाचार र मनोरन्जन

अष्ट्रेलियाका पाँच शहरमा गुन्जिदै नितेश र समृद्धि राई

काठमाडौं :

नेपाली युवापुस्ता माझ निकै चर्चित उदयमान गायक नितेश जंग कँुवरले अष्ट्रेलियाका विभिन्न सहरमा आफ्नो प्रस्तुति दिने भनेका छन्। उनले आफ्ना गीतहरुबाट अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन दिलाउने भएका छन्।

Pach Pandav

नितेशले आफ्नो गीत ‘हितैको माया’,‘हाम्रो नेपालमा’,‘निस्ठुरी मोरी’,‘रंगिन त्यो भित्तामा’,‘खोलै खोला’ लगायतका गीतहरु पस्किने छन्। नेपाली युवापुस्ता माझ कुँवरको प्राय सबै गीतहरु लोकप्रिय छन्।

उक्त कार्यक्रममा उनीसँगै गायिका समृद्धि राईले समेत आफ्नो प्रस्तुति दिनेछिन। आयोजकका अनुसार यो कार्यक्रम त्यहाँको ५ सहरमा आयोजना गर्न लागिएको हो। जुन कार्यक्रम फेब्रवरी २०२४ मा हुँदैछ। कार्यक्रमको अग्रिम टिकट शुक्रबारदेखि खुल्ने समेत आयोजकले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.