सुचना, समाचार र मनोरन्जन

‘तेरा प्यार प्यार हुक्कः बार’का गायक नेपाल आउँदै

काठमाडौं :

भारतिय चर्चित गायक बिनित सिंह नेपाल आउने भएका छन्। उनी नेपालमा एक दिने सांगितिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्।
भारतिय चर्चित रियालिटी शो सा रे गा मा प २००३ ,स्टार प्लस म्युजिकका माहामुकाब्ला २००७ र इन्डियन आइडल २०२३’को प्रतिस्पर्धाबाट चर्चामा आएका थिए।

Pach Pandav

उनी नेपाली स्रोता तथा दर्शकमाझ पनि लोकप्रिय छन्। उनलाई सांगितिक प्रस्तुतिका लागि एल एण्ड एन मोडेल एजेन्सीले आयोजकसँग सहकार्य गरेको छ।

एजेन्सीले बुधबार आधिकारिक जानकारी गराउदै बिनित सिंह आफ्नो ब्याण्ड सहित सांगीतिक प्रस्तुतिको लागि नेपाल आउन लागेका हुन्। उनले सांगितिक कार्यक्रममा ‘तेरा प्यार प्यार हुक्कः बार’, ‘तुम चैन हो करार हो’,‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुदी’लगायत गीतहरु गाउने छन्।

सांगितिक कार्यक्रमपछि उनी आफ्ना नेपाली प्रशंसकहरुलाई भेट्ने ,पशुपतिनाथको दर्शनसंगै नेपालको ऐतिहासिक धरोहरहरुको अवलोकन गर्ने आयोजकले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.