सुचना, समाचार र मनोरन्जन
Sarangi

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’मा तहल्का पिट्दै मेनुका पौडेल

काठमाडौं :

नेपाली कलाकारले भारतिय रियालिटी शोमा सहभागी हुनु नै ठुलो कुरा हो। अझ त्यो शोमा पुगेर जजको मन जित्नु रियालिटी जिते सरह नै हो। अहिले झापाकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल सिजन १४’ मा तहल्का पिटिरहेकी छन्। दृष्टि विहीन मेनुकाले भारतिय साङ्गीतिक बजारमा करिअर खोजिरहेकी छन्।

‘इण्डियन आइडल सिजन १४’ को अन्तिम १४ मा छनोट भएकी मेनुका हरेक शोमा विशेष अतिथीहरुको मन जितिरहेकी छन्। उनको यो रियालिटी शो पहिलो भने होइन। यस अघि नेपालकै वि.सं २०७४ सालमा ‘नेपाल आइडल’की प्रतिष्पर्धी समेत हुन्।

त्यसपछि उनले रियालिटी शो ‘सारेगमप’ मा सहभागी भएकी थिइन्। सारेगमप’ को टप ११ बाट बाहिरिएकी मेनुका यतिबेला ‘इण्डियन आइडल सिजन १४’ बाट आफ्नो स्वरको जादु छरिरहेकी छन्। जहाँ उनले आफ्नो प्रस्तुतीमार्फत गोल्डेन माइक समेत पाइसकेकी छन्। ‘तुम्हारे बिना हमारे कोनो नहीं’ बोलको गीत मेनुकाले गाउँदा निर्णायकहरुको धरधरी रोएका थिए।

Leave A Reply

Your email address will not be published.