सुचना, समाचार र मनोरन्जन

परोपकारका लागि चार दिने सामूहिक कला प्रदर्शनी

कला बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत नेपाल स्नेही काख संस्थालाई हस्तान्तरण गर्ने कुरा कार्यक्रम संयोजक बिबलसिंह लिम्बुले जनाए ।

पोखरा /

नेपाल स्नेही काख संस्थाले असाहय, अनाथ, अशक्त बालबालिका र मानिसको सहायताका लागि चार दिने सामूहिक कला प्रदर्शनी पोखरामा आयोजना गरेको छ ।

प्रमुख आमन्त्रित व्यक्तित्व समाजसेवी अशोक पालिखेले सामूहिक कला प्रदर्शनीको बुधबार उद्घाटन गर्दै कलाका माध्यमबाट परोपकारी काम गर्नु सह्रानीय भएको र पोखरा आफैमा कला नगरी भएकाले कला प्रदर्शनी हुँदा खुशी लागेको बताए ।

पोखरामा गरिएको कला प्रदर्शनीलाई पाटन अक्कुपन्चर क्लिनिकले सघाएको छ । कला बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत नेपाल स्नेही काख संस्थालाई हस्तान्तरण गर्ने कुरा कार्यक्रम संयोजक बिबलसिंह लिम्बुले जनाए ।

प्रदर्शनीमा काठमाडौँका ११ र पोखराका १२ गरी २३ जना कलाकारले बनाएका ५० कला राखिएका छन् । डि राम पाल्पाली, लेख मगर, मनोज तामाङ, दीपेन्द्रमान बनेपाली, अशुराम खैँजू, रमेश श्रेष्ठ, आकाश गुरुङ, गोपाल दराई, निशान थापा, देवेन गुरुङ, सुष्मा राजभण्डारी, शिव श्रीपाली, बुद्धि गुरुङ, रिक गुरुङ, थमन सुनार, हरेराम जोजिजू, दुर्गा के.सी., किशोर नकर्मी, कान्छाकाजी भाशिमा, रुद्रबहादुर पुन, विपना महर्जन, जुजुकाजी श्रेष्ठ प्रभात, प्रवीन कार्की, प्रद्युम्न श्रेष्ठ, मदन श्रेष्ठका सिर्जना सामूहिक कला प्रदर्शनीमा सजिएका छन् ।

परोपकारी कामका लागि कोष स्थापना गर्ने उद्धेश्यले जुसरी क्याफे खहरे लेकसाइडमा आयोजित प्रदर्शनी मङ्सिर ३० गतेसम्म चल्ने छ । विहान ११ बजेदेखि साँझ ६ बजेसम्म दर्शकका लागि खुल्ला गरिएको जानकारी पोखराका युवा कलाकार रिक गुरुङले दिएका छन् ।

Leave A Reply

Your email address will not be published.