सुचना, समाचार र मनोरन्जन

फिल्म रिलिज गर्न अष्ट्रेलिया पुगेकी स्वस्तिमा मौकामा चौका हान्दै, समुन्द्री किनारमा विकिनी पोज

काठमाडौं :

नेपाली हिरोइनलाई विदेशका समुन्द्र भनेपछि हुरुक्कै हुन्छन्। उनीहरु विदेशका समुन्द्रमा पुगेपछि विकिनी पोजमा तस्विर नखिचाई चित्तै बुझ्दैन। प्रदर्शनरत फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ प्रवद्र्धनको लागि अष्ट्रेलिया पुगेका छन्।

Pach Pandav

उनीहरु केहि दिन अघि फिल्म प्रदर्शनका लागि अष्ट्रेलियाको सिड्नी भन्ने ठाउँमा पुगेका हुन्। सिड्नी पुगेको यो जोडी अहिले घुमघाम र रमाइलो गरिरहेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो र फोटोमा देख्न सकिन्छ । फिल्म प्रदर्शन गर्न सिड्नी पुगेकी स्वस्तिमालाई भने समुन्द्री तटमा विकिनिमा तस्विर खिचाउन उत्साहित देखिएकी छन्।

अझ भनौ स्वस्तिमा समुन्द्रमा रमाइरहेकी छन् । नेपालमा जाडो याम सुरु भइसकेको अवस्थामा त्यहाँ गर्मी मौसम छ। त्यस कारण पनि उनले विकिनी अवतारमा फोटो सुट गरेकी हुन्। विकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा उनी हट देखिएकी छन्। जुन तस्विर इन्स्टाग्राममा उनले राखेकी छन्।

फिल्म ‘दिमाग खराब’पछि स्वस्तिमा कुनै पनि फिल्ममा साइन गरेकी छैनन्। उनी अष्ट्रेलियाको टुर पछि मात्रै फिल्ममा साइन गर्ने मुडमा देखिएकी छन्। त्यस कारण पनि उनलाई अष्ट्रेलियाको त्यो समुन्द्र तटमा रमाउने मौका मिलेको हो। जे होस मौकामा चौका त हान्नै प¥यो नि, हैन त स्वस्तिमा जी ।

Leave A Reply

Your email address will not be published.