काठमाडौं :
नेपाली फिल्म उद्योगलाई हिट हिट फिल्म दिइरहेका अभिनेता दयाहाङ राई एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन्। निर्देशक दिनेश राउतले आफ्नो आठौं फिल्म ‘गाउँ नै रमाइलो’मा उनले मुख्य भूमिकामा प्रस्तुत गर्न लागेका छन्।
यस फिल्ममा दयाका साथमा आर्यन सिग्देल पनि अनुबन्धित भइसकेको छन्। यस अघि आर्यन र दयाले सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’मा पहिलोपटक अभिनय गरेका थिए। उनीहरुले दोस्रोपटक फिल्म ‘लोफर’मा काम गरेका थिए। जहाँ आर्यन मुख्य भुमिकामा थिए भने दया सहायक।
उनीहरुको यो तेस्रोपटक एक साथ फिल्ममा देखिन लागेका हुन्। निर्देशक राउतले अहिले फिल्म ‘पूजार सार्की’को छायांकनको तयारीमा जुटेका छन्। यो फिल्मको छायांकन सकिएपछि उनी ‘गाउँ नै रमाइलो’ मा लाग्ने बताइएको छ। यो फिल्मलाई ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले निर्माण गर्दैछन् ।