सुचना, समाचार र मनोरन्जन

पोखरामा पहिलोपटक इन्टरनेशनल योगा फेस्टिवल, १० भन्दा बढी देशका तीन दर्जन सहभागी हुँदै

माछापुच्छ्रे, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाउँदै छन् । स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिए ।

पोखरा /

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो ।

योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ ।

पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा योगा आसन {हठ, विन्यास, क्रिया}, प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुनेछ ।

इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशिष पुरीका अनुसार प्रख्यात योगा मेन्टरर्स जायन {विन्यास योगा}, योगी प्रितु {क्रिया योगा}, यानित्जा देरु {योगा निद्रा तथा साउण्ड हिलिङ}, सिद {शमानिक साउण्ड हिलिङ}, राघव {साउण्ड हिलिङ, कीर्तन}, काते {नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स}, गौरव {नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ}, डिजे कान {एक्स्टेटिक डान्स मेडिटेसन}, डीजे दीप {एक्स्टेटिक डान्स} रहनेछन् ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिवल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो।

माछापुच्छ्रे, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाउँदै छन् । स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिए ।

‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ प्रचारका पुरी भन्छन् – ‘अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।’

योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको ठम्याई छ ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिवल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो ।

Leave A Reply

Your email address will not be published.