सुचना, समाचार र मनोरन्जन

कुमुिदनीको चित्रकला प्रतियोगितामा प्रथम भइन् समृद्धि

पोखरा ।

पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयले आयोजना गरेको अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान समृद्धि रेग्मीले हासिल गरेकी छिन् । गण्डकी बोर्डिङ स्कुलकी कक्षा ९ मा अध्ययनरत छात्रा समृद्धिले नगद १० हजारसहित प्रमाण पत्र र मेडल प्राप्त गरेकी हुन् । प्रतियोगिताबाट सफलता मिल्दा उनमा खुशी छाएको छ । बधाई दिनेहरुको समेत ओइरो लागेको छ ।

छोरीको सफलतामा बुबा दीपक रेग्मी खुशी देखिन्छन् । उनले प्रतियोगिताको चाँजोपाँजो मिलाएर प्लेटफर्म कुमुदिनी होम्सका संस्थापक अशोक पालिखे र विद्यालय परिवारलाई आभार व्यक्त गरेका छन् । विद्यालयको ३७औं स्थापना दिवस तथा पुरस्कार वितरणको भव्य समारोहको आयोजना गरेको हो । चित्रकलामा समृद्धिको सानैदेखिको रुची हो । उनको निरन्तरको लगावका कारण सफलता मिलेको बुबा बताउँछन् ।

चित्रकलामा अक्सर समृद्धि मार्मिकतालाई बढी जोड दिन्छिन् । समाजमा भएका घटना परिघटनालाई चित्र मार्फत उत्रानु उनको दैनिकी नै बनेको छ । आफुले गरेको मेहनतको फल प्राप्त हुँदा खुशीको सिमा नभएको समृद्धि बताउछिन् । आगामी दिनमा समेत चित्रकलालाई निरन्तरता नै दिने सोचमा उनी छिन् ।

२०४४ साल पुस २ गते स्थापना भएको कुमुदिनी होम्सले मंसिर ३० गते ३७ औं स्थापना दिवस, पुरस्कार वितरण समारोह तथा अभिभाबक दिवस सम्पन्न गरेको थियो ।

Leave A Reply

Your email address will not be published.