सुचना, समाचार र मनोरन्जन
Sarangi

‘लेखनाथ महोत्सव सबैको साझा फुलबारी’

‘लेखनाथ महोत्सव हाम्रो पहिचान हो । जसबाट लेखनाथको समृद्धिमा टेवा पुग्छ । प्रत्येक वर्ष आयोजना गरिने महोत्सवले यहाँको स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा टेवा पु¥याएको छ ।’

पोखरा ।

लेखनाथमा १९ औं संस्करणको लेखनाथ महोत्सव जारी छ । चौथो दिन सम्म आउँदा महोत्सव अवलोकन गर्ने दर्शकको संख्या ४० हजार पुगेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघको दाबी छ । एक करोड भन्दा बढीको कारोबार भएको बताइएको छ । आर्थिक मन्दीका समयमा पनि लेखनाथ महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देख्दा अध्यक्ष विनोद श्रेष्ठ खुशी देखिन्छन् । महोत्सव सफल हुनेमा उनी पूर्ण रुपमा आशावादी छन् । लेखनाथबासीको साथ, समर्थन र सहयोगले महोत्सव सफल हुने विश्वास गरिएको छ । श्रेष्ठ भन्छन्,‘लेखनाथ महोत्सव हाम्रो पहिचान हो । जसबाट लेखनाथको समृद्धिमा टेवा पुग्छ । प्रत्येक वर्ष आयोजना गरिने महोत्सवले यहाँको स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा टेवा पु¥याएको छ ।’

समाज रुपान्तरणमा महोत्सव कोसेढुंगा साबित हुने उनले बताए । लेखनाथको भेषभूषा, संस्कृति, पर्यटनलाई बढ्वा दिन महोत्सव स्थलमा सो सम्बन्धि स्टलहरुको समेत व्यवस्था गरिएको छ । प्रत्येक दिन फरक कलाकारको प्रस्तुतिले सांगीतिक प्रस्तुति समेत रोचक हुँदै गएको अध्यक्ष श्रेष्ठ बताउँछन् । रत्यौली प्रतियोगिता मार्फत समाजका आमा दिदीबहिनीहरुले आफ्नो कला प्रस्तुत गर्ने अवसर महोत्सवमा पाएका छन् । निरन्तरता र क्रियाशिलताले नै लेखनाथ महोत्सवलाई सफलताको सिडी चढाएको हो भन्दा अत्युक्त नहोला ।

लेखनाथ आफैमा पनि कला, संस्कृति र पर्यटनले भरिएको थलो हो । आवश्यकता छ त केवल प्रचारप्रसारको । प्रचारप्रसार फितलो हुँदा लेखनाथ जति माथि उठ्नुपर्ने हो उठिरहेको अवस्था छैन । सात ताल लेखनाथमा नै छ तर त्यसलाई बेच्न सकिरहेको अवस्था छैन । अझ भनौ त्यसको प्रवद्र्धनमा चुकेको जस्तो देखिन्छ । श्रेष्ठका अनुसार यी र यीनै विषयवस्तुलाई केन्द्रित गर्दै लेखनाथ महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट लेखनाथको समग्र विषयवस्तुको प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास छ ।

पोखरा बाट करिब १५ देखि २० मिनेटको दुरीमा पर्ने लेखनाथ र लेखनाथबासीको आवश्यकतालाई परिपूर्ति गर्न महोत्सव मार्फत टेवा पुग्ने उनले बताए । श्रेष्ठले लेखनाथ महोत्सवलाई सबैको साझा फुलबारीको रुपमा विकसित र परिस्कृत गर्दै लैजाने समेत उल्लेख गरेका छन् । महोत्सव स्थलको संरक्षण सँगै लेखनाथको पर्यावरण र सांस्कृतिक पक्षलाई समेत बलियो बनाउँदै लैजाने योजनामा आफु रहेको उनले बताए । पुस १६ गते सम्म चल्ने महोत्सव अवलोकनका लागि लेखनाथ आउन अध्यक्ष श्रेष्ठको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.