सुचना, समाचार र मनोरन्जन
Sarangi

पुस १२ गतेबाट माघ ६ गते सम्म मण्डला नाटक घरमा `पगला घोडा´मञ्चन हुने

काठमाडौं :
पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो ।
थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको  छ।  भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।
उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार  तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् ।
नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र  शंकर भण्डारी  स्टेज म्यानेजरको रूपमा रहेका छन् । २०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’ , ‘बिम्बाको सपना’ , ‘यो कुनै बास हो एक’,  ‘बेड नम्बर ९९’ , ‘तीन  बहिनी’, सोलो म्युजिकल प्रस्तुति`(भरत नाट्यम्) लगायत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.