सुचना, समाचार र मनोरन्जन

सचिन रौनियारको ‘औधी माया’ मा गरिमा

काठमाडौं :

‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार काठमाडौंको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै गायक सचिन रौनियारले गीतको भिडियो रिलिज गरेका हुन्।

Pach Pandav

गायनमा अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । ‘छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे’ लगायत गीतका शब्दले पछिल्लो पुस्ताको भावलाई समेटेको छ।

लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ । सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन् । सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.