काठमाडौं :
बलिउड अभिनेता आमिर खानको घरमा खुसीको माहोल बनिरहेको छ । सामाजिक सञ्जालमार्फत आफ्नो घरमा खुसीको माहोल बनेको भिडियो तथा तस्विरहरु सेयर भइरहेका छन्।
उनको घरमा खुसी छाउनुको वास्तविकता भनेको आमिरको छोरीको विवाहले गर्दा हो। उनको छोरी इरा खानले प्रेमी नुपुर शिखरेसँग विवाह बन्धनमा बाँधिदैछिन्। त्यसैको पुर्वसन्ध्यामा उनको घरमा खुसीको माहोल छाएको हो। अहिले उनको घरमा यो जोडीको विवाहपूर्व समारोह सुरु भइरहेको छ ।
गत वर्ष सेप्टेम्बरमा इटालीमा इन्गेजमेन्ट गरेका उनीहरुले दुई महिनापछि विवाहको तयारीमा जुटेको भारतिय सञ्चार माध्यममा उल्लेख छन्। उनको नयाँ पार्टीमा आमिरको सम्पूर्ण परिवार र उनका पूर्व पत्नी रीना दत्त र किरण राव, अभिनेत्री फातिमा सना शेखलगायत नजिकका साथीहरू उपस्थित थिए। इरा र नुपुरको विवाह भने यही जनवरी ३ मा हुँदैछ।