सुचना, समाचार र मनोरन्जन

सुपरलिग फाइनल: धनगढी र ललितपुर भिड्दै

काठमाडौं /

जारी नेपाल सुपर लिग {एनएसएल}को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदैछ।

यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ। लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो। २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौं रेजर्ससँग १-० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलआमा पुगेको छ । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३-० ले पराजित हुदै बाहिरिएको थियो।

Leave A Reply

Your email address will not be published.