सुचना, समाचार र मनोरन्जन

बृहत च्याउ मेला तथा परिकार महोत्सव आज

काठमाडौँ/

बृहत च्याउ मेला तथा परिकार महोत्सव आज आयोजना हुँदै छ । च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसरमा आज च्याउ ललितपुरस्थित जावालाखेल खेलमैदानमा सो मेलाको आयोजना गर्न लागेको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिएको सो मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल छन । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म जारी रहने छ ।

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.