सुचना, समाचार र मनोरन्जन

काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस

काठमाडौँ/

काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । बिहान पौने ६ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री रहेकोमा पौने ९ बजे मापन गर्दा घटेर तीन दशमलव पाँच डिग्रीमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको बताउनुभयो । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रममा पाँच डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।

आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.