सुचना, समाचार र मनोरन्जन

आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा राणा नियुक्त

काठमाडौँ/

विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन् । परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहिबार राणालाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिंदै रिपब्लिक अफ आइसल्याण्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।

अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिन भूमिका खेल्नेछिन ।

विदुषी राणा किरण सुज ९गोल्डस्टार शूज०का कार्यकारी निर्देशक हुन् । राणाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.