सुचना, समाचार र मनोरन्जन

भुवन केसी र प्रदीप खड्काको सम्बन्धमा सुधार : फ्लप हिरो भन्दै आएका भुवनले दिए सुपरस्टार

काठमाडौं :

चलचित्र बोर्डका अध्यक्ष भुवन केसी र अभिनेता प्रदीप खड्काबीच पानीबाराबार कै अवस्था थियो। उनीहरुबीच फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनताकाको समयमा बोर्ड असहयोग गरेको अध्यक्ष भुवन केसीमाथी रिस पोखेका थिए।

उनीप्रति लक्षित गरेर दिएका अभिव्यक्तिले दुवैबीच शीतयुद्धको स्थिति बनेको थियो । सोही समयमा आक्रामक देखिएका प्रदीपले बोर्डमा भुवनको योग्यतामाथि प्रश्न उठाउँदै राजीनामा मागेका थिए।

Chaka Panja

यता बोर्ड अध्यक्ष केसीले पनि उनको प्रतिजवाफमा ‘फ्लप हिरो’को अभिव्यक्ती दिए। त्यति मात्रमा उनीहरु रोकिएनन्। फिल्म अवार्डको समयमा प्रदीप अभिनित फिल्म ‘प्रकाश’को अवार्ड नै बोर्डले खोसेको आरोप लाग्यो। अनेक कुरामा खटपटमा परेका भुवन र प्रदीपबीचको मित्रता मंगलबार काठमाडौंमा देखियो।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करणको घोषणा कार्यक्रममा पर्यटन बोर्ड पुगेका भुवन केसी र प्रदीप खड्काबीच हात मिलाउने देखि लिएर खासखुस गफ गर्नेसम्म देखियो। अर्थात उनीहरु ड्यासमा सँगसँगै जस्तो बसे।

उनीहरुबीच हात मिलाउदा पनि हाँसेको दृश्यदे उपस्थित सबैको मन खिचेको थियो। रोचकलाग्दो थियो। यतिमा मात्र उनिहरु ऋडिक रहेनन्। कार्यक्रमका प्रमुम अथिति समेत रहेको भुवनले प्रदीपलाई ‘सुपरस्टार’ काम नामले सम्बोधन गरे।

Leave A Reply

Your email address will not be published.