सुचना, समाचार र मनोरन्जन

हेटौडामा पुर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागतको तयारी

हेटौंडा :

हेटौडामा पुर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले भव्य स्वागतको तयारी गरेको छ। आईतवार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालले भव्य स्वागत गर्न लागेको हो।

पुर्व राजा शाह हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका हुन्। सोही समयमा शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल गरेको मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले बताए।

Chaka Panja

उनले पत्रकारसँगको कुराकानीमा भने,‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौं।’

पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ। उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि जानेछन् ।

यता मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा माघ ७ गते आईतवार हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिती समेत निर्माण भएको थियो। पछिल्लो समय शाह धार्मिक कार्यक्रमका लागि भन्दै देशका विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग भेटभाट गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.