सुचना, समाचार र मनोरन्जन

सिके राउतले गृह मन्त्रालयलाई पत्र लेख्दै भने,‘सप्तरीमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न नदिनु’

काठमाडौं :

तराईमा यतिबेला दुई नेताबीच ठुलै मतभेद रहेको छ। जनमत पार्टीका अध्यक्ष सीके राउत र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की परेको छ। जनमतका अध्यक्ष राउतले सप्तरीमा सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई समेत पत्र लेखेका छन्।

Chaka Panja

उनले जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयमा पत्र पठाएका हुन्। उनले इमेलमार्फत गृह मन्त्रालयलाई पत्र पठाउदै कार्यक्रम रोक्न आग्रह गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा भोलि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम तय भइसकेको छ ।

तर यो कार्यक्रम नरोकेको खण्डमा जुनसुकै अप्रिय घटना हुन सक्ने समेत बताइएको छ। कृषि विश्वविद्यालय रहेको निर्वाचन क्षेत्र (सप्तरी–२) बाट राउतले अध्यक्ष यादवलाई गत वर्षको चुनावमा जितेका थिए ।

Leave A Reply

Your email address will not be published.